छोरोलाई कविताको मुलभाव
छोरोलाई कविताको मुलभाव: कवि अगमसिंह गिरी नेपाली जातिलाई औधी माया गर्ने कवि हुन्। उनले आफ्ना धेरै रचनाहरुमा नेपाली जातिको दुरवस्था प्रति गम्भीर भाव प्रकट गरेका छन्। उनले भारतीय नेपालीहरुको जातीय अस्तित्व संकटका कुराहरू आफ्ना कविता रचनाहरुमा पोखेका छन्। हाम्रो जातिलाई यस संकटबाट माथि उठाएर राष्ट्रिय धरामा अघि लाने भावि पिडी वा संतान प्रति ठुलो आभार आभिव्यक्ति उनका कविता, रचनाहरुमा पाहिन्छ। यसप्रकारले उनका कविताहरू मध्ये " छोरोलाई " कविता एक हो यस कवितामा भनिएको "छोरो" भावि संतान हुन्। उनले छोरो भनि सम्बोधन गर्दै भावि संतानलाई शासन नसहने, दृढ,ससशक्त र शासनको विरोध गर्न सक्ने आट्टि छोरो बन्ने भाव प्रकट गरेका छन्। उनले आउदै गरेको भावि पिडीलाई अमृत को कण जस्तो सबैलाई फायदाप्रद र प्रयोगमा आउँने नबनेर वनको तिखो काँडा जस्तो शत्रुहरूलाई घोच्न र बिझाउन सक्ने हुनुपर्छ अनि आफ्नो मित्रहरू प्रति लाभदायक पनि बन्नु पर्छ। शत्रुहरूले आफुलाई चोट पुर्याए आफुले पनि शत्रुलाई ठुलो चोट पार्न सक्ने हुनुपर्छ। सरल सहज र कोमल मानिसहरुलाई शत्रुहरूले कुल्चन्छन् त्यसैले कँडा बनेर शत्रुहर...