छोरोलाई कविताको मुलभाव

 छोरोलाई कविताको मुलभाव: 

कवि अगमसिंह गिरी नेपाली जातिलाई औधी माया गर्ने कवि हुन्। उनले आफ्ना धेरै रचनाहरुमा नेपाली जातिको दुरवस्था प्रति गम्भीर भाव प्रकट गरेका छन्। उनले भारतीय नेपालीहरुको जातीय अस्तित्व संकटका कुराहरू आफ्ना कविता रचनाहरुमा पोखेका छन्। 

हाम्रो जातिलाई यस संकटबाट माथि उठाएर राष्ट्रिय धरामा अघि लाने भावि पिडी वा संतान प्रति ठुलो आभार आभिव्यक्ति उनका कविता, रचनाहरुमा पाहिन्छ। 

यसप्रकारले उनका कविताहरू मध्ये "छोरोलाई" कविता एक हो यस कवितामा भनिएको "छोरो" भावि संतान हुन्। उनले छोरो भनि सम्बोधन गर्दै भावि संतानलाई शासन नसहने, दृढ,ससशक्त र शासनको विरोध गर्न सक्ने आट्टि छोरो बन्ने भाव प्रकट गरेका छन्। 

उनले आउदै गरेको भावि पिडीलाई अमृत को कण जस्तो सबैलाई फायदाप्रद र प्रयोगमा आउँने नबनेर वनको तिखो काँडा जस्तो शत्रुहरूलाई घोच्न र बिझाउन सक्ने हुनुपर्छ अनि आफ्नो मित्रहरू प्रति लाभदायक पनि बन्नु पर्छ।

शत्रुहरूले आफुलाई चोट पुर्याए आफुले पनि शत्रुलाई ठुलो चोट पार्न सक्ने हुनुपर्छ। सरल सहज र कोमल मानिसहरुलाई शत्रुहरूले कुल्चन्छन् त्यसैले कँडा बनेर शत्रुहरुलाई बिझाउन सक्ने हुनुपर्छ।

हामी हाम्रो दुःखहरूमा पनि हास्दै हाम्रो जाति र समाजमा आइपरेको समस्याहरूको निवारण गर्न सक्ने हुनुपर्छ। बोरु शोषित हाम्रो जाति र समाजमा भएका निर्दा दुब्ला , गरिब दुःखी र अधिकारहिन भएका मानिसहरूका आवाज बन्नु पर्छ। हामी डरपोक बनेर चुपलागेर मुर्दा जस्तै भएर बाच्नु हुदैन। हामी हाम्रो जाति र समाजको आवाज बन्नु पर्छ।

अशिक्षाको कारण अन्धकारमय हाम्रो समाजमा सयौं मानिसहरू लाटा सोझा र अविकसित छन्। ति सोझा मानिसहरुको निम्ति ज्ञानको ज्योति बनेर शोषण मुक्त समाज निर्माण गर्न भावि पिडीले सुन्दर र सफल कार्य गर्नपर्छ। आब आउने संतानले आफ्नो जाति र समाजमा आइपरेको कालो अन्धकारमय भविष्यलाई हटाउन अग्नि पुञ्जको गोला भएर उज्यालो प्रकास दिने हुनपर्छ। 

हाम्रा जातिले ठुला चुनौतीहरू वा जातीय अस्तित्वको लडाइँ पनि लड्न परेको छ। यो जातीय अस्तित्व र अज्ञानताको युद्धमा हामी कहिल्यै हार्नु हुदैन हामी विर बनेर एक एक युद्धहरू जित्न पर्छ। हाम्रो सरिरको नसा हरुमा बग्ने चिसो रगतलाई तताएर जोस भर्दै आउदो दिनहरुको युद्धहरुको निम्ति तयार पार्नु पर्छ।

टिप्पणियाँ

एक टिप्पणी भेजें

इस ब्लॉग से लोकप्रिय पोस्ट

लक्ष्मीप्रसाद देवकोटा को परिचय

शब्दशक्ति

शोधको अर्थ, परिभाषा, स्वरुप र विशेषता