निबन्धकार राजनारायण प्रधान
राजनारायण प्रधान निबन्धका क्षेत्रमा हाँस्यव्यङ्ग्यात्मक निबन्धकारका रूपमा चिनिन्छन् तथा उनी जीवनीकारका रूपमा पनि सुपरिचित छन्। सन् १९५५ 'भारती' पत्रिकामा 'दार्जिलिङमा साहित्य' शीर्षकको निबन्ध प्रकाशित गरेर साहित्य क्षेत्रमा उनी देखा परेका हुन्श उनले आफ्नो साहित्य यात्रा निबन्धबाट नै सुरु गरेको पाइन्छ। भारती बाहेक विभिन्न पत्रपत्रिकामा उनले आफ्ना लेखहरू प्रकाशित गरेको पाइन्छ जसमा रूपरेखा, मधुपर्क, गरिमा, समकालीन साहित्य आदि पर्दछन् तथा दार्जिलिङबाट छापिने विभिन्न सामाजिक पत्रिकाहरूमा उनको लेखहरू छापिएको पाइन्छ। ● उनका केही प्रकाशित निबन्धहरू निम्नलिखित छन् :- •केही अनुहार केही झलक- १९९५ •एउटै धर्ती एउटै आकाश- १९९६ •पञ्चेबाजा बजाउँदै- १९९७ •एउटा आइतबार यसरी बित्यो निबन्धसङ्ग्रह-२००४ ● उनको निबन्धगत प्रवृत्ति :- स्वछन्दतावाद, सामाजिक यथार्थवाद, आलोचनात्मक यथार्थवाद हाँस्य व्यङ्ग्यात्मकता, वर्ग चेतना, जाति प्रेम इत्यादि। ● उनका निबन्धका प्रकार :- विचारात्मक, भवावात्मक, व्यक्ति चरित्रात्मक, संस्मरणात्मक, आख्यानात्मक। ■ मूल विशेषता :- •पारदर्शिता प्रत्ययकारिता (पत्याउने प्...