संदेश

निबन्धकार राजनारायण प्रधान

राजनारायण प्रधान निबन्धका क्षेत्रमा हाँस्यव्यङ्ग्यात्मक निबन्धकारका रूपमा चिनिन्छन् तथा उनी जीवनीकारका रूपमा पनि सुपरिचित छन्। सन् १९५५ 'भारती' पत्रिकामा 'दार्जिलिङमा साहित्य' शीर्षकको निबन्ध प्रकाशित गरेर साहित्य क्षेत्रमा उनी देखा परेका हुन्श उनले आफ्नो साहित्य यात्रा निबन्धबाट नै सुरु गरेको पाइन्छ। भारती बाहेक विभिन्न पत्रपत्रिकामा उनले आफ्ना लेखहरू प्रकाशित गरेको पाइन्छ जसमा रूपरेखा, मधुपर्क, गरिमा, समकालीन साहित्य आदि पर्दछन् तथा दार्जिलिङबाट छापिने विभिन्न सामाजिक पत्रिकाहरूमा उनको लेखहरू छापिएको पाइन्छ। ● उनका केही प्रकाशित निबन्धहरू निम्नलिखित छन् :- •केही अनुहार केही झलक- १९९५ •एउटै धर्ती एउटै आकाश- १९९६  •पञ्चेबाजा बजाउँदै- १९९७  •एउटा आइतबार यसरी बित्यो निबन्धसङ्ग्रह-२००४ ● उनको निबन्धगत प्रवृत्ति :- स्वछन्दतावाद, सामाजिक यथार्थवाद, आलोचनात्मक यथार्थवाद हाँस्य व्यङ्ग्यात्मकता, वर्ग चेतना, जाति प्रेम इत्यादि। ● उनका निबन्धका प्रकार :- विचारात्मक, भवावात्मक, व्यक्ति चरित्रात्मक, संस्मरणात्मक, आख्यानात्मक। ■ मूल विशेषता :- •पारदर्शिता प्रत्ययकारिता (पत्याउने प्...

समालोचक ईश्वर बराल र उनका समालोचकीय विशेषता

नेपाली, अङ्ग्रेजी तथा संस्कृतका ज्ञाता ईश्वर बराल नेपाली समालोचनाका क्षेत्रमा अग्रपङ्क्तिका समालोचकका रूपमा स्थापित छन्। उनले इन्द्रेनी(२०१३), धर्ती (२०१३) जस्ता साहित्यिक पत्रिकाको सम्पादन गरेर नेपाली साहित्यलाई फस्टाउनमा ठुलो सहायता पुऱ्याएका छन्।  नेपाली समालोचनामा ईश्वर बरालका योगदानको चर्चा गर्दा प्रथमतः उनले सङ्कलन गरी सम्पादन गरका कृतिहरू उल्लेखनीय छन्।  उनीद्वारा सङ्कलित र सम्पादित कृतिहरू  क) झ्यालबाट - २००६ (कथासङ्ग्रह) ख) हिमालचुली - २०१२ (कवितासङ्ग्रह) ग) सयपत्री - २०१३ (निबन्धसङ्ग्रह) - ले नेपाली समालोचनाको विकासमा महत्वपूर्ण योगदान दिइएको छ।  प्रस्तुत यी कृतिहरू सामान्य सङ्ग्रह मात्र नभएर यसमा सङ्कलित विधाका विशेषताहरूबारे गहन अध्ययन र अनुसन्धानमा आधारित भूमिका उनले प्रस्तुत गरेका छन्।  'झ्यालबाट' मा कथाको उद्भव, स्वरूपगत वैशिष्ट्य र नेपाली कथाको थालनीबारे चर्चा गरेको पाइन्छ।   'हिमालचुली' मा चक्रपाणी चालिसे देखि धर्मराज थापाका कवितासम्मका नेपाली कविता यात्राको वर्णन विश्लेषण पाइन्छ।  'सयपत्री' को भूमिकामा निबन्धको उद्भव, यसका प...

समालोचक राजनारायण प्रधान

 समालोचक राजनारायण प्रधानको जन्म सन् १९२७ मा दार्जिलिङमा भएको थियो। उनका समालोचनाहरू पढ्दा उनी आफ्ना पूर्ववर्ती समालोचक रामकृष्ण शर्मा, इन्द्रबहादुर राई आदिबाट प्रेरित प्रभावित देखिन्छन् तर उनका कतिपय समालोचनाहरू उनीहरूभन्दा भिन्नै किसिमको मानदण्ड एवम् धारणामा गरेको पाइन्छ। उनी आफ्ना समालोचनामा कुनै कृतिको व्याख्या विवेचना गर्नभन्दा अघि त्यस कृतिका कृतिकारको परिचय नदिई तथा उनीहरूको गुणगान नगरी कृतिको चर्चा गर्न सक्दैनन्। तुलनात्मक समालोचना पद्धतिलाई आत्मसाथ गरी प्रधान 'भानुभक्तमा बसन्त शर्माझैँ भावको शीतलता पाउँछन् भने शैलीका आधारमा रघुनाथमा साडीको खस्रो बनौट र भानुभक्तमा मलमलको मिश्रणता पाउँछन्'। प्राय जसो उनको समालोचनाहरूमा प्रधानले एउटा कृतिसँग अर्को कृति दाँजेर हेरेको पाइन्छ। उदाहरण स्वरूप कालिदासको 'ऋतुसहारसँग' लेखनाथको 'ऋतुविचार'। उनका समालोचनात्मक कृतिहरूको अध्ययन गर्दा उनले प्रभावपरक व्याख्यात्मक पद्धतिको पनि प्रयोग गरेको देखिन्छ। मुनामदन सम्बन्धी वासुदेव त्रिपाठी, ईश्वरबराल, वामदेव पहाडीका विचारहरुलाई समेटेर यस खण्डकाव्यमा भएको कथावस्तुलाई कारुणिक कथा भ...

गीतकार माधव प्रसाद घिमिरे

नेपाली गीतको क्षेत्रमा उत्कृष्ट गीतकारका रुपमा माधव प्रसाद घिमिरे परिचित छन्। वि.सं २००२ सालबाट उनले आफ्ना गीतहरू प्रकाशित गरेको पाइन्छ। उनका २००२ सालदेखि २०२९ सम्म लेखिएका गीतहरू २०३३ सालमा प्रकाशित " किन्नरकिन्नरी " गीतिसङ्ग्रहमा सङ्कलन गरिएको पाइन्छ। उनको यस सङ्ग्रहमा १४० वटा गीतहरू सङ्कलन गरिएको छ।  घिमिरेका गीतका विशेष्ता :  उनले देशभक्ति,शृङ्गार, मानवतावाद, भक्ति, प्रकृतिप्रेमलाई मूल कथ्य बनाएर आफ्ना गीतहरू लेखेका छन्। उनले मायाको शिष्ट रूपलाई आफ्ना केही गीतहरूमा प्रस्तुत गरेका छन्। उनका गीतमा मानसिक द्वन्द्वको सुन्दर चित्रण पाइन्छ।  उनका गीतमा आत्मरतिको पनि प्रयोग भएको पाइन्छ।  घिमिरेले गीतलेखनका सन्दर्भमा प्रकृतिका विभिन्न वस्तुहरूका साथै लोककथा तथा पुराणहरूबाट पनि बिम्बहरू टिपेका छन्। घिमिरेले १४ देखि १६ अक्षरमा आधारित लोकलयलाई धेरै गीतहरू रचना गरेको पाइन्छ।  लोकलयलाई आधार बनाएर आफ्ना गीतमा नयाँ लयको सिर्जना गरेको पाइन्छ। 

शब्दशक्ति

 शब्दमा रहेको अर्थ बुझाउने सामर्थ वा व्यपारलाई शब्दशक्ति भनिन्छ । शब्दमा भएको शक्तिको अवधरण मानिसले सठिकता संग प्रयोग गरेमा त्यसले उसको जीवनमा ठुलो भूमिका निभाउँछ। प्रत्येक शब्दमा आफ्नै एउटा अर्थ बुझाउने शक्ति हुन्छ।  जस्तै, डमरु शब्दमा बाजा विशेष भन्ने अर्थ र बाघको बच्चा भन्ने अर्थ बुझाउने सामर्थ्य हुन्छ। यसरी कुनैपनि शब्दले प्रकट गर्ने एक भन्दा धेरै अर्थ पता लगाई शब्द र अर्थ बिचको सम्बन्ध खुट्याउने व्यपारलाई शब्दशक्ति भनिन्छ।  यस शब्दशक्तिका पनि बिभिन्न भेद उपभेदहरु छन्। ति भेदहरुबारे यहाँ संक्षिप्तमा कुरा गरिएको छ :-  ∆ शब्दशक्तिको भेद- उपभेद :   शब्दशक्ति मुख्यतः तीन प्रकारका हुन्छन्। ति हुन् -----------      १) अभिधा   (२) लक्षणा (३) व्यजना  १) अभिधा : सोझे एवं प्रत्यक्ष अर्थ मात्र बुझाउने शक्तिको नाम अविधा हो। अभिधा शक्तिलाई वाचार्थ, मुख्यार्थ र कोशीय अर्थ पनि भनिन्छ। यो शक्ति हुँदा शब्द र अर्थमा वाच्य-वाचक सम्बन्ध हुन्छ। शब्दलाई वाचक र मुख्यार्थलाई वाच्य भनिन्छ।  जस्तै-   भात (वाचक) ----- पकाएको चामल (वाच्य)  ...

रस

रसका अवधरण एवम् यसका विविध प्रकारको विवेचना :  रस शब्द संस्कृतको "रस्"  धातुबाट बनेको हो। यो निकै व्यापक अर्थ दिने शब्द हो। दैनिक जीवन देखि लिएर ज्ञान विज्ञानका विभिन्न क्षेत्रमा यसको प्रयोग विभिन्न अर्थमा गरिन्छ।  सामान्यतः यसको अर्थ गिलो वा आलो पदार्थ निचोर्दा आउने तरल पदार्थ हो। मुख्यतः हामीहरुले जानेमा दुईवटा प्रकारका रसको प्रचलन देख्न पाउँछौ।  ति हुन् आयुर्वेदको रस र साहित्यको रस   १) आयुर्वेदको रस : वन्य जरीबुटीका पात, बोक्रा, डाँक्ला, जरा र फूल समेत पाँच अङ्गलाई कुटेर वा निचारेर आउने तरल पदार्थ जसमा धेरै प्रकारका स्वास्थ्यलाई लाभदायक गुणहरू भरिएको हुन्छ त्यस पदार्थलाई आयुर्वेदको रस भनिन्छ।  २) साहित्यको रस:  काव्य सौन्दर्यताबाट प्राप्त हुने आनन्द र त्यसबाट पाहिने आस्वादनलाई साहित्यको रस भनिन्छ। साहित्यको रस आयुर्वेदको रस जस्तो भवतिक नभएर आत्मिक हुनेगर्दछ। जुन साहित्यमा रसको समावेश हुँदैन त्यो साहित्यको सुन्दरता अधुरो रहने गर्दछ। एउटा रस पुर्ण साहित्यले मानिसको मनलाई आत्मिक रुपमा सन्तुष्ट गर्ने गर्दछ।   ∆ रसको परिभाषा :  भरतमुनिले...

नेपाली आनुवाद

  अनुवादको अर्थ र परिभाषा : 'अनुवाद' संस्कृत शब्द हो। 'बद्' धातुमा 'धञ्' प्रत्यय र 'अनु' उपसर्गको योगले 'अनुवाद' शब्दको वियुप्ति भएको हो। अनुवादको शाब्दिक अर्थ हो पुनरावृत्ति वा पुनवार्चना ।  यसबाहेक अनुवाद भन्नाले व्यख्या, उदाहरण वा समर्थनको उदेश्यले गरिने आवृत्ति ,पुर्वकथित कुराको उल्लेख अथवा व्याख्यात्मक आवृत्ति, पुर्वोक्त विधि , निर्देशको व्याख्या, चित्रण वा त्यस्को टिका टिप्पणी गरिएको ब्राह्मण ग्रन्थको भाग, समर्थन विवरण आदि पनि बुझिन्छ। अनुवादका निम्ति अङ्ग्रेजी भाषामा "ट्रान्सलेसन", अरबि भाषाको " तजुरमा " आदि प्रचलित छन्।  यस्को पर्यायवाचिको रुपमा कतैकतै आगन्तुक शब्द "उल्थाको" पनि प्रयोग गरिएको भेटिन्छ।  परिभाषा:  अनुवादलाई पूर्वीय तथा पाश्चात्य दुवै दुवै थरिका विद्वानहरुले आआफ्नै प्रकारले परिभाषित गरेका छन्। ति मध्ये केही यहाँ प्रस्तुत गरिएको छ------ १) जे, सी क्याटफोड : "अनुवाद एउटा भाषा अर्थात स्रोत भाषामा भएको पाठगत सामाग्रीलाई लक्ष्य भाषामा भएको  समानार्थी पाठद्वारा प्रतिस्थापन गरिने कार्य हो " ...

नेपाली समालोचना र समालोचनाको वर्गिकरण

 समालोचना नेपाली साहित्यको सबभन्दा नव साहित्यिक विधा हो। पाचाय साहियमा हुर्केको समालोचना लगभग दुई सताब्दी पश्चात नेपाली साहित्यमा आएको भनेर हामीले जान सक्छौ।  साधारण रुपमा समालोचनालाई परिभाषित गर्न परेमा कुनै पनि सृजनात्मक साहित्य, कृति वा कृतिकारको गुण, दोष, विशेष्ता आदि केलाउने वा खुट्याउने प्रक्रियालाई समालोचना भनिन्छ। समालोचनाको मुख्य कार्य नै साहित्य वा साहित्यकार को गुण, दोष, विशेष्ता खुट्याउन हो।  सृजनात्मक साहित्यले के कस्तो दिशा लिँदैछ र साथै यसको रुप कस्तो हुनुपर्छ भनेर समालोचनाले बताउने गर्छ। यसैकारण समालोचना साहित्यमा हेर्नपर्दा एक मार्गदर्शकको रुपमा देखापर्छ। सृजनात्मक साहित्य बिना समालोचना पोष्टिन सक्दैन र यसैकारण समालोचना सृजनात्मक साहित्यमा भर परिरहेको हुन्छ।  वर्गिकरण:  समालोचना सामान्य रुपमा साहित्यका सैद्धान्तिक पक्ष पनि सम्बन्धित हुन सक्छ र साहित्यिक कृतिका व्यवहारिक पक्ष सत पनि। यस किसिमले समालोचना मुलतः दुई प्रकारका हुन्छन्  १) सैद्धान्तिक २) व्यवहारिक १) सैद्धान्तिक: सैद्धान्तिक समालोचनामा कृतिका वस्तु, रुप आदिलाई आधार बनाएर कृतिका व्...

शोधको अर्थ, परिभाषा, स्वरुप र विशेषता

अर्थ:  शोध भन्नाले साधारण भाषामा खोज्नु वा सोध्नु बुझिन्छ। शोधको शाब्दिक अर्थ शुद्ध गर्नु वा खोज्नु हो। प्राज्ञिक क्षेत्रमा यस्को अर्थ कुनै विषयमा गहण अध्ययनका साथ गरिने खोज हुन्छ। शोधका निम्ति अनुसन्धान, अन्वेषण, गवेषण आदि शब्दहरुको पनि प्रयोग गरिएको हामीले थुप्रै जग्गामा देख्न सक्छौ।  शोधका परिभाषा: शोध भनेको खोजी हो। कुनै क्षेत्र, विषय आदिमा सिमित रही नयाँ ज्ञान प्राप्ति हुने अभिप्रायले व्यवस्थित ढङ्गमा गरिने खोज कार्यलाई शोध भनिन्छ। यसप्रकारले शोधलाई सामान्य रुपमा परिभाषित गर्न सकिन्छ। तर यसको निश्चित परिभाषा, भने दिन सकिदैन। यसैले विभिन्न विद्वानहरुले दिएका परिभाषाहरु निम्न प्रकार प्रस्तुत गरि शोधको परिभाषा दिने प्रयत्न गरिएको छ।  रेडमेन र मेरी :   "शोध नयाँ ज्ञान प्रप्तिका लागि गरिने गहण सुव्यवस्थित कार्य हो। "   जोन डब्ल्यू वेस्ट :   "बडी औपचारिक ज्यादै व्यवस्थित र गहण विश्लेषणको वैज्ञानिक विधि अङ्गालिने प्रक्रियालाई शोध भनिन्छ। "  जे एच मेक्ग्रेथ :   "व्यक्ति एवं समाजलाई प्रोत्साहित गर्ने र सहायक हुने प्रभावकारी ढङ्गले ...

कथाकार शिवकुमार राई

 कथाकार शिवकुमार राईको जन्म पूर्व सिक्किमको पाक्योङ महकुमा अन्तर्गत रिनाक सहरमा २६ अप्रैल सन् १९१९, तदअनुसार वि, सं १९७६ वैसाख १७ गते शनिबारको दिन भएको थियो। शिवकुमार राईको पिताको नाम धोवीको राई अनि माताको नाम नरमाया दिवान (राई) थियो।  राईको प्रथम लिखित कथा " बासुरी" थियो जो "तरुण पत्रिका" (वर्ष १,अङ्क ४-५ सन् १९४१) सालमा छापिएको थियो। उनको प्रथम मुद्रित कथा "प्रकृति पुत्री" काठमाण्डौबाट निस्कने "शारदा" मासिक पत्रिकामा छापिएको थियो।  टी मेनन द्वारा सम्पादित "साथी"  मासिक पत्रिका (वर्ष १,अङ्क ९-१०, सन् १९४९) मा प्रकासित "यमराजको समस्या"  शीर्षकको नाटक नै उनको सर्वप्रथम प्रकासित नाटक रचना हो।  राईले उनको "खहरे" कथासंग्रहको निम्ति सन् १९७८ मा साहित्य अकादमी पुरस्कार प्राप्त गरे।  राईले अफ्नु कलमको माध्यमबाट नेपाली साहित्यमा एक अध्याय जोड्न सक्षम बने। उनि एक सफल कथाकार, नाटककार मात्र नभएर एक कर्मठ राजनेता पनि थिए।