संदेश

दिसंबर, 2022 की पोस्ट दिखाई जा रही हैं

जनसञ्चारको स्वरुप र विशेषता

  जनसञ्चारका स्वरुप र विशेषताहरु यसप्रकार छन् :- १) सार्वजनिकता :-  जनसञ्चार माध्यम द्वारा प्रसारित गरिएको खबर र सूचनाहरुको प्रवृत्ति सार्वजनिक हुन्छ। कुनै विषेश धर्म, वर्ग, जातिका लागि मात्रै हुँदैन। २) औपचारिक संगठन :- जनसञ्चारको निम्ति कुनै न कुनै औपचारिक संगठनको आवश्यकता पर्दछ। एक्लो व्यक्तिले गरेको जनसञ्चार सफल हुन गाह्रो पर्छ। ३) परेक्ष सम्बन्ध :- जनसञ्चार माध्यमद्वारा प्रसारित सूचना र अन्य सूचनाहरुमा फरक पाहिन्छ किनभने जनसञ्चार माध्यममा सञ्चारक र प्राप्तकर्ताको कुनै सोझो वा प्रत्यक्ष सम्बन्ध हुँदैन। ४) सामुहिक कार्य :- एक्लो व्यक्तिले जनसञ्चार माध्यम चलाउँनु सक्दैन। यो एउटा सामूहिक कार्य हो। कुनै सूचना वा संदेशलाई प्रसारण योग्य बनाउन वा विषय चयन गर्नु, त्यस्को स्वरुप तयार पार्नु जस्ता कार्यहरू एक अर्काको सहयोगले मात्र सम्पन्न हुन्छ।  ५) यान्त्रिक सहयोग :- जनसञ्चारमा एउटा संदेश, सूचना , विज्ञापन वा खबरलाई यान्त्रिक माध्यमद्वारा बहुगुणित गरिन्छ अनि धेरै मानिसहरु सम्म पुर्याउन सकिन्छ।  ६) बौद्धिक सम्पद् :- जनसञ्चार समाजको बौद्धिक सम्पत्ति हो। यसमा सूचना, समाचारका...

जनसञ्चारको अर्थ र परिभाषा

अर्थ : सञ्चार शब्दको उत्पत्ति 'चर' धातुबाट बनेको हो। 'चर' को अर्थ हिड्नु वा आर्को स्थानसम्म पुग्नु हो।  जन + सञ्चार = जनसञ्चार अर्थात् सञ्चार शब्दँग जन शब्द जोडिएर जनसञ्चार शब्द बन्छ। जन शब्दले भिड, समूह, समूदाय आदि अर्थ बुझाउँछ। यसैले धेरै मानिसहरु माझमा कुनै सुचना, संदेश, जानकारी आदिको आदनप्रदान गर्ने कार्यलाई जनसञ्चार भनिन्छ। जनसञ्चार भन्नाले ती सबै साधनहरुको अध्ययन विश्लेषण बुझिन्छ जसद्वारा एक ठुलो समूहसित सञ्चार सम्बन्ध स्थापित गर्न साहयक बन्दछ अथवा  अधिसंख्यक मानिसहरुसँग एकै समयमा सञ्चार गर्ने प्रक्रियालाई जनसञ्चार भनिन्छ।  जनसञ्चारको परिभाषा :      जनसञ्चारका केही परिभाषाहरु यसप्रकार छन् :-  १) महात्मा गान्धी :- जनसञ्चारको लक्ष्य हो सेवा गर्नु  २) जनमाध्यमहरुको सहायताले अघिसंख्यक मानिसहरुमा एउटै समयमा समान, संदेश, सूचना आदि पुर्याउन सक्ने माध्यम हो जनसञ्चार  ३) संदेश, जनमाध्यम र श्रोता जनसञ्चारको सबैभन्दा महत्वपूर्ण अङ्ग हुन्।