जनसञ्चारको अर्थ र परिभाषा
अर्थ : सञ्चार शब्दको उत्पत्ति 'चर' धातुबाट बनेको हो। 'चर' को अर्थ हिड्नु वा आर्को स्थानसम्म पुग्नु हो।
जन + सञ्चार = जनसञ्चार अर्थात् सञ्चार शब्दँग जन शब्द जोडिएर जनसञ्चार शब्द बन्छ। जन शब्दले भिड, समूह, समूदाय आदि अर्थ बुझाउँछ। यसैले धेरै मानिसहरु माझमा कुनै सुचना, संदेश, जानकारी आदिको आदनप्रदान गर्ने कार्यलाई जनसञ्चार भनिन्छ। जनसञ्चार भन्नाले ती सबै साधनहरुको अध्ययन विश्लेषण बुझिन्छ जसद्वारा एक ठुलो समूहसित सञ्चार सम्बन्ध स्थापित गर्न साहयक बन्दछ अथवा अधिसंख्यक मानिसहरुसँग एकै समयमा सञ्चार गर्ने प्रक्रियालाई जनसञ्चार भनिन्छ।
जनसञ्चारको परिभाषा :
जनसञ्चारका केही परिभाषाहरु यसप्रकार छन् :-
१) महात्मा गान्धी :- जनसञ्चारको लक्ष्य हो सेवा गर्नु
२) जनमाध्यमहरुको सहायताले अघिसंख्यक मानिसहरुमा एउटै समयमा समान, संदेश, सूचना आदि पुर्याउन सक्ने माध्यम हो जनसञ्चार
३) संदेश, जनमाध्यम र श्रोता जनसञ्चारको सबैभन्दा महत्वपूर्ण अङ्ग हुन्।
टिप्पणियाँ
एक टिप्पणी भेजें