जनसञ्चारको स्वरुप र विशेषता

 जनसञ्चारका स्वरुप र विशेषताहरु यसप्रकार छन् :-

१) सार्वजनिकता :- जनसञ्चार माध्यम द्वारा प्रसारित गरिएको खबर र सूचनाहरुको प्रवृत्ति सार्वजनिक हुन्छ। कुनै विषेश धर्म, वर्ग, जातिका लागि मात्रै हुँदैन।

२) औपचारिक संगठन :- जनसञ्चारको निम्ति कुनै न कुनै औपचारिक संगठनको आवश्यकता पर्दछ। एक्लो व्यक्तिले गरेको जनसञ्चार सफल हुन गाह्रो पर्छ।

३) परेक्ष सम्बन्ध :- जनसञ्चार माध्यमद्वारा प्रसारित सूचना र अन्य सूचनाहरुमा फरक पाहिन्छ किनभने जनसञ्चार माध्यममा सञ्चारक र प्राप्तकर्ताको कुनै सोझो वा प्रत्यक्ष सम्बन्ध हुँदैन।

४) सामुहिक कार्य :- एक्लो व्यक्तिले जनसञ्चार माध्यम चलाउँनु सक्दैन। यो एउटा सामूहिक कार्य हो। कुनै सूचना वा संदेशलाई प्रसारण योग्य बनाउन वा विषय चयन गर्नु, त्यस्को स्वरुप तयार पार्नु जस्ता कार्यहरू एक अर्काको सहयोगले मात्र सम्पन्न हुन्छ। 

५) यान्त्रिक सहयोग :- जनसञ्चारमा एउटा संदेश, सूचना , विज्ञापन वा खबरलाई यान्त्रिक माध्यमद्वारा बहुगुणित गरिन्छ अनि धेरै मानिसहरु सम्म पुर्याउन सकिन्छ। 

६) बौद्धिक सम्पद् :- जनसञ्चार समाजको बौद्धिक सम्पत्ति हो। यसमा सूचना, समाचारका अतिरिक्त बौद्धिक क्रियान्वयनको पृष्ठभूमि पनि तयार पार्छ। यसलाई एउटा युगदेखि आर्को युगसम्म मानव जातिको हितको निम्ति सुरक्षित राख्न सकिन्छ। 

७) प्रभावकारिता :- जनसञ्चार एउटा प्रभावकारी र विश्वसनीय माध्यम हो। यसैले देशको भौगोलिक सिमा माथि उठेर यसले काम गर्छ। युद्धको समय र आपातकालमा जनहितको निम्ति जनसञ्चारले महत्वपूर्ण र उत्तरदाहित्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। 

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

लक्ष्मीप्रसाद देवकोटा को परिचय

शब्दशक्ति

शोधको अर्थ, परिभाषा, स्वरुप र विशेषता