शब्दशक्ति
शब्दमा रहेको अर्थ बुझाउने सामर्थ वा व्यपारलाई शब्दशक्ति भनिन्छ । शब्दमा भएको शक्तिको अवधरण मानिसले सठिकता संग प्रयोग गरेमा त्यसले उसको जीवनमा ठुलो भूमिका निभाउँछ। प्रत्येक शब्दमा आफ्नै एउटा अर्थ बुझाउने शक्ति हुन्छ। जस्तै, डमरु शब्दमा बाजा विशेष भन्ने अर्थ र बाघको बच्चा भन्ने अर्थ बुझाउने सामर्थ्य हुन्छ। यसरी कुनैपनि शब्दले प्रकट गर्ने एक भन्दा धेरै अर्थ पता लगाई शब्द र अर्थ बिचको सम्बन्ध खुट्याउने व्यपारलाई शब्दशक्ति भनिन्छ। यस शब्दशक्तिका पनि बिभिन्न भेद उपभेदहरु छन्। ति भेदहरुबारे यहाँ संक्षिप्तमा कुरा गरिएको छ :- ∆ शब्दशक्तिको भेद- उपभेद : शब्दशक्ति मुख्यतः तीन प्रकारका हुन्छन्। ति हुन् ----------- १) अभिधा (२) लक्षणा (३) व्यजना १) अभिधा : सोझे एवं प्रत्यक्ष अर्थ मात्र बुझाउने शक्तिको नाम अविधा हो। अभिधा शक्तिलाई वाचार्थ, मुख्यार्थ र कोशीय अर्थ पनि भनिन्छ। यो शक्ति हुँदा शब्द र अर्थमा वाच्य-वाचक सम्बन्ध हुन्छ। शब्दलाई वाचक र मुख्यार्थलाई वाच्य भनिन्छ। जस्तै- भात (वाचक) ----- पकाएको चामल (वाच्य) ...