रस
रसका अवधरण एवम् यसका विविध प्रकारको विवेचना :
रस शब्द संस्कृतको "रस्" धातुबाट बनेको हो। यो निकै व्यापक अर्थ दिने शब्द हो। दैनिक जीवन देखि लिएर ज्ञान विज्ञानका विभिन्न क्षेत्रमा यसको प्रयोग विभिन्न अर्थमा गरिन्छ।
सामान्यतः यसको अर्थ गिलो वा आलो पदार्थ निचोर्दा आउने तरल पदार्थ हो। मुख्यतः हामीहरुले जानेमा दुईवटा प्रकारका रसको प्रचलन देख्न पाउँछौ।
ति हुन् आयुर्वेदको रस र साहित्यको रस
१) आयुर्वेदको रस: वन्य जरीबुटीका पात, बोक्रा, डाँक्ला, जरा र फूल समेत पाँच अङ्गलाई कुटेर वा निचारेर आउने तरल पदार्थ जसमा धेरै प्रकारका स्वास्थ्यलाई लाभदायक गुणहरू भरिएको हुन्छ त्यस पदार्थलाई आयुर्वेदको रस भनिन्छ।
२) साहित्यको रस: काव्य सौन्दर्यताबाट प्राप्त हुने आनन्द र त्यसबाट पाहिने आस्वादनलाई साहित्यको रस भनिन्छ। साहित्यको रस आयुर्वेदको रस जस्तो भवतिक नभएर आत्मिक हुनेगर्दछ।
जुन साहित्यमा रसको समावेश हुँदैन त्यो साहित्यको सुन्दरता अधुरो रहने गर्दछ। एउटा रस पुर्ण साहित्यले मानिसको मनलाई आत्मिक रुपमा सन्तुष्ट गर्ने गर्दछ।
∆ रसको परिभाषा :
भरतमुनिले नाट्यशास्त्रमा नाटकमा वस्तु र नेताको अतिरिक्त, रस माथि प्रकास पार्दै भनेका छन् "नहि रसाहते कश्चिदर्थः" अर्थात् रस बिना कुनै पनि अर्थको प्रवर्तन हुँदैन।
उनले नाटकको साथ साथै अन्य विधामा पनि रसलाई आवश्यक र अनिवार्य तत्व मानेका छन्। आचार्य विश्वनाथको मतानुसार रसमय वाक्य नै काव्य हो। यसरी उनले रसलाई काव्यको पर्याय मानेका छन्।
∆रसको स्वरुप:
• रस अखण्ड हुन्छ। यसलाई खण्ड खण्डमा प्राप्त गर्न सकिँदैन।
• रज् र तम् गुण तरोहित हुँदा सत्वगुणको उद्रोक हुन्छ।
• रस सर्वप्रकाश्य हुन्छ। अर्थात आफै उत्पन्न हुने प्रकारको हुन्छ।
• रस चिन्मय हुन्छ। यो तेरो मेरो, तँ, म भन्ने प्रकारबाट भावना मुक्त हुन्छ।
• रसमा लोकमा चमत्कार गर्ने क्षमता हुन्छ।
• भाव, विभाव, अनुभाव र सञ्चारी भावको संयोगबाट रसको उत्पत्ति हुन्छ।
∆रसका सामाग्री :
• स्थायी भाव : मानिसमा संस्कार वा वास्नाको रुपमा विभिन्न भाव रहेको हुन्छ। यिनैं भावलाई स्थायी भाव भनिन्छ।
• विभाव : वाचिक, आङ्गिक र सात्विक क्रिया प्रतिक्रियाको माध्यमबाट चित्तवृत्तिको विभावना वा ज्ञापन गराउने कारणलाई विभाव भनिन्छ।
• अनुभाव|व्यभिचारी भाव : स्थायी भावको उदयपछि विभिन्न क्रिया प्रतिक्रिया हुन्छन्। आर्को शब्दमा शारीरिक विकार उत्पन्न हुन्छ। तिमैको क्रिया प्रतिक्रिया वा शारीरिक विकारलाई अनुभाव भनिन्छ।
नेपाली साहित्यमा रस भित्र हामीले नौं प्रकारका रस पाउने गर्छौ, जसलाई नवरस पनि भनिने गर्छ। यिनै रसका प्रकार बारे यहाँ चर्चा गरिएको छ।
∆ रसका प्रकारहरू :
१) श्रृगांर रस : यस रसमा हामीले रति भाव पाउने गर्छौ। यसको तात्पर्य नर, नारीमा एकआपसमा हुने आकर्षण, प्रेम, आसक्ति, यौनेच्छाको भाव नै रति हो। कुनै पनि रचनाको आस्वादनले यस्तो भाव जागृत भएमा श्रृगांर रस बन्छ।
२) हाँस्य : यस रसमा हाँसोको भाव पाहिन्छ। तात्पर्य अनौठो भेषभूषा, आचरण, हश्य, रुप वा बोलिको माध्यमबाट उत्पन्न हुने एक किसिमको मनोरञ्जक मनोवृत्ति नै हाँसो हो। कुनैपनि रचनाको आस्वादनले हाँसो भाव जगाएमा हाँस्य रस बन्छ।
३) करुण : यस रसमा शोकको भाव पाहिने गर्छ। तात्पर्य अनिष्ट प्राप्ति, प्रियजनको दुःख, मृत्यु वा विछोड आदिबाट उत्पन्न हुने विराह वेदनाको भाव नै शोक हो। कुनै रचनाको पठन पाठन गर्दा यस्तो भाव उत्पन्न भएमा करुण रस बन्छ।
४) रौद्र : यस रसमा हामीले क्रोधको भाव पाउने गर्छौ। आफ्नो अहममा कसैले आघात पुर्याउँदा, अपमानित हुँदा, कसैसित तर्कविहीन विवाद हुँदा वा कसैले आफ्नो जनधनको क्षति गर्दा मनमा उत्पन्न हुने प्रतिशोध वा उत्तेजनाको भाव नै क्रोध हो। कुनै रचनामा क्रोध भावनामा आधरित छ भने त्यो रौद्र रसमा पर्छ।
५) वीर : यस रसमा हामीले उत्साहको भाव पाउने गर्छौ। कुनै साहसिक कार्य गर्न प्रेरित गर्ने वा त्यस्तो काम गर्न प्रवृत्त तुल्याउने उल्लास पूर्ण भाव नै उत्साह हो। रचनाको आस्वादनले मनमा उत्साह, उमङ्ग छरेमा यस रसको उत्पत्ति हुन्छ।
६) भयानक : यस रसमा भयको भाव समावेश हुन्छ। कुनै डरलाग्दो वस्तु, व्यक्ति, दृष्य देख्दा वा सुन्दा उत्पन्न हुने मनोविकार नै भय हो। कविता, कथा पड़दा यस्तो मनोविकार उत्पन्न भएमा भयानक रस बन्छ।
७) बीभत्स : यस रसमा जुगुप्साको भाव रहेको हुन्छ। घिनलाग्दो वस्तु, व्यक्ति, दृष्य देख्दा वा सुन्दा उत्पन्न हुने मनोविकार नै जुगुप्सा हो।
८) अद्भुत : यस रसमा विष्मय भाव पाहिने गर्छ। चमत्कारपूर्ण व्यक्ति, वस्तु, घटना, प्रसङ्ग, दृष्य आदि देख्दा वा सुन्दा उत्पन्न हुने आश्चर्यको भाव नै विष्मय हो।
९) शान्त : यस रसको भाव निर्वेद हो। संसारिक क्रियाकलापबाट पृथक् भइ आध्यात्मिक शुखप्राप्तिका निम्ति उन मुख हुँदा उत्पन्न हुने एक किसिमको वैराग्य भाव नै निर्वेद हो।
टिप्पणियाँ
एक टिप्पणी भेजें