संदेश

नवंबर, 2025 की पोस्ट दिखाई जा रही हैं

निबन्धकार राजनारायण प्रधान

राजनारायण प्रधान निबन्धका क्षेत्रमा हाँस्यव्यङ्ग्यात्मक निबन्धकारका रूपमा चिनिन्छन् तथा उनी जीवनीकारका रूपमा पनि सुपरिचित छन्। सन् १९५५ 'भारती' पत्रिकामा 'दार्जिलिङमा साहित्य' शीर्षकको निबन्ध प्रकाशित गरेर साहित्य क्षेत्रमा उनी देखा परेका हुन्श उनले आफ्नो साहित्य यात्रा निबन्धबाट नै सुरु गरेको पाइन्छ। भारती बाहेक विभिन्न पत्रपत्रिकामा उनले आफ्ना लेखहरू प्रकाशित गरेको पाइन्छ जसमा रूपरेखा, मधुपर्क, गरिमा, समकालीन साहित्य आदि पर्दछन् तथा दार्जिलिङबाट छापिने विभिन्न सामाजिक पत्रिकाहरूमा उनको लेखहरू छापिएको पाइन्छ। ● उनका केही प्रकाशित निबन्धहरू निम्नलिखित छन् :- •केही अनुहार केही झलक- १९९५ •एउटै धर्ती एउटै आकाश- १९९६  •पञ्चेबाजा बजाउँदै- १९९७  •एउटा आइतबार यसरी बित्यो निबन्धसङ्ग्रह-२००४ ● उनको निबन्धगत प्रवृत्ति :- स्वछन्दतावाद, सामाजिक यथार्थवाद, आलोचनात्मक यथार्थवाद हाँस्य व्यङ्ग्यात्मकता, वर्ग चेतना, जाति प्रेम इत्यादि। ● उनका निबन्धका प्रकार :- विचारात्मक, भवावात्मक, व्यक्ति चरित्रात्मक, संस्मरणात्मक, आख्यानात्मक। ■ मूल विशेषता :- •पारदर्शिता प्रत्ययकारिता (पत्याउने प्...

समालोचक ईश्वर बराल र उनका समालोचकीय विशेषता

नेपाली, अङ्ग्रेजी तथा संस्कृतका ज्ञाता ईश्वर बराल नेपाली समालोचनाका क्षेत्रमा अग्रपङ्क्तिका समालोचकका रूपमा स्थापित छन्। उनले इन्द्रेनी(२०१३), धर्ती (२०१३) जस्ता साहित्यिक पत्रिकाको सम्पादन गरेर नेपाली साहित्यलाई फस्टाउनमा ठुलो सहायता पुऱ्याएका छन्।  नेपाली समालोचनामा ईश्वर बरालका योगदानको चर्चा गर्दा प्रथमतः उनले सङ्कलन गरी सम्पादन गरका कृतिहरू उल्लेखनीय छन्।  उनीद्वारा सङ्कलित र सम्पादित कृतिहरू  क) झ्यालबाट - २००६ (कथासङ्ग्रह) ख) हिमालचुली - २०१२ (कवितासङ्ग्रह) ग) सयपत्री - २०१३ (निबन्धसङ्ग्रह) - ले नेपाली समालोचनाको विकासमा महत्वपूर्ण योगदान दिइएको छ।  प्रस्तुत यी कृतिहरू सामान्य सङ्ग्रह मात्र नभएर यसमा सङ्कलित विधाका विशेषताहरूबारे गहन अध्ययन र अनुसन्धानमा आधारित भूमिका उनले प्रस्तुत गरेका छन्।  'झ्यालबाट' मा कथाको उद्भव, स्वरूपगत वैशिष्ट्य र नेपाली कथाको थालनीबारे चर्चा गरेको पाइन्छ।   'हिमालचुली' मा चक्रपाणी चालिसे देखि धर्मराज थापाका कवितासम्मका नेपाली कविता यात्राको वर्णन विश्लेषण पाइन्छ।  'सयपत्री' को भूमिकामा निबन्धको उद्भव, यसका प...