समालोचक ईश्वर बराल र उनका समालोचकीय विशेषता
नेपाली, अङ्ग्रेजी तथा संस्कृतका ज्ञाता ईश्वर बराल नेपाली समालोचनाका क्षेत्रमा अग्रपङ्क्तिका समालोचकका रूपमा स्थापित छन्। उनले इन्द्रेनी(२०१३), धर्ती (२०१३) जस्ता साहित्यिक पत्रिकाको सम्पादन गरेर नेपाली साहित्यलाई फस्टाउनमा ठुलो सहायता पुऱ्याएका छन्।
नेपाली समालोचनामा ईश्वर बरालका योगदानको चर्चा गर्दा प्रथमतः उनले सङ्कलन गरी सम्पादन गरका कृतिहरू उल्लेखनीय छन्।
उनीद्वारा सङ्कलित र सम्पादित कृतिहरू
क) झ्यालबाट- २००६ (कथासङ्ग्रह)
ख) हिमालचुली - २०१२ (कवितासङ्ग्रह)
ग) सयपत्री - २०१३ (निबन्धसङ्ग्रह) - ले नेपाली समालोचनाको विकासमा महत्वपूर्ण योगदान दिइएको छ।
प्रस्तुत यी कृतिहरू सामान्य सङ्ग्रह मात्र नभएर यसमा सङ्कलित विधाका विशेषताहरूबारे गहन अध्ययन र अनुसन्धानमा आधारित भूमिका उनले प्रस्तुत गरेका छन्।
'झ्यालबाट' मा कथाको उद्भव, स्वरूपगत वैशिष्ट्य र नेपाली कथाको थालनीबारे चर्चा गरेको पाइन्छ।
'हिमालचुली' मा चक्रपाणी चालिसे देखि धर्मराज थापाका कवितासम्मका नेपाली कविता यात्राको वर्णन विश्लेषण पाइन्छ।
'सयपत्री' को भूमिकामा निबन्धको उद्भव, यसका प्रकार, विधिगत वैशिष्ट्य र नेपाली निबन्ध साहित्यको अध्ययनपूर्ण र खोजपूर्ण चर्चा गरिएको छ।
● उनका केही अतिरिक्त कृतिहरू यस प्रकार छन् :-
मोहन कोइरालाका कविता -२०३०
पारिजातका कविता - २०४४
● उनका केही मौलिक कृतिहरू :-
आख्यानको उद्भव- २०३९
राजविलोचन जोशी- २०५३
देवकोटा र उनका काव्य - २०५५
● विशेषता :-
• उनले सैद्धान्तिक तथा व्यवहारिक दुवै प्रकारको समालोचना लेखको पाइन्छ।
• सैद्धान्तिक प्रकृतिका समालोचनाहरूमा पूर्वीय एवम् पाश्चात्य सिद्धान्तहरूको चर्चा गरिएको पाइन्छ।
• उनका समालोचनाहरू नयाँ तथा पुराना दुवै थरिका लेखकहरूसँग सम्बन्धित भएको हुन्छ। पुरानासँग सम्बन्धित समालोचनाहरू बडी अन्वेषणपरक छन् भने नयाँहरूसँग सम्बन्धित समालोचनाहरू विश्लेषणपरक छन्।
• उनले आफ्ना समालोचनाहरूमा कृतिका बाह्य कुराहरूलाई भन्दा कृति भित्रको आन्तरिक सामग्रीलाई बडी महत्त्व दिइएको पाइन्छ।
• उनका समालोचनाहरू गम्भीर किसिमका छन्।
• उनका समालोचनाहरूमा बौद्धिकता, विद्वता तथा विश्लेषणात्मकता पाइन्छ।
• उनका समालोचनाहरूमा नेपाली झर्रा शब्दहरूको प्रयोग भएको पाइन्छ।
टिप्पणियाँ
एक टिप्पणी भेजें