संदेश

फ़रवरी, 2023 की पोस्ट दिखाई जा रही हैं

कथाकार शिवकुमार राई

 कथाकार शिवकुमार राईको जन्म पूर्व सिक्किमको पाक्योङ महकुमा अन्तर्गत रिनाक सहरमा २६ अप्रैल सन् १९१९, तदअनुसार वि, सं १९७६ वैसाख १७ गते शनिबारको दिन भएको थियो। शिवकुमार राईको पिताको नाम धोवीको राई अनि माताको नाम नरमाया दिवान (राई) थियो।  राईको प्रथम लिखित कथा " बासुरी" थियो जो "तरुण पत्रिका" (वर्ष १,अङ्क ४-५ सन् १९४१) सालमा छापिएको थियो। उनको प्रथम मुद्रित कथा "प्रकृति पुत्री" काठमाण्डौबाट निस्कने "शारदा" मासिक पत्रिकामा छापिएको थियो।  टी मेनन द्वारा सम्पादित "साथी"  मासिक पत्रिका (वर्ष १,अङ्क ९-१०, सन् १९४९) मा प्रकासित "यमराजको समस्या"  शीर्षकको नाटक नै उनको सर्वप्रथम प्रकासित नाटक रचना हो।  राईले उनको "खहरे" कथासंग्रहको निम्ति सन् १९७८ मा साहित्य अकादमी पुरस्कार प्राप्त गरे।  राईले अफ्नु कलमको माध्यमबाट नेपाली साहित्यमा एक अध्याय जोड्न सक्षम बने। उनि एक सफल कथाकार, नाटककार मात्र नभएर एक कर्मठ राजनेता पनि थिए। 

विरकालीन र भक्तिकालीन कविताको विशेषताहरू

 वीरपुरूषहरूको कालमा उनिहरुको वन्दना, गुणगान वा स्तुति गर्दै लेखिएको कविताहरुलाई वीरकालीन कविता भनिन्छ भने, देवी देवता वा भगवानलाई विषयमा लिएर तयार पारिएको कवितालाईभक्तिकालीन कविता भनिन्छ। यी दुवै प्रकारका कविताको विशेषताहरु यसप्रकार छन्  विरकालीन कविताको विशेषताहरु :  १) यसै कालबाट नै नेपाली साहित्यमा कविता लेखनको थालनि भएको हो।  २) वीरपुरूषहरूलाई लिएर उनिहरुको जीवनमा केन्द्रीत गरेर तयार पारिएको कवितामा हामीले उनिहरुको कर्म मात्र नभएर हामीले साथ साथै इतिहास पनि जान्न सक्दछौ।  ३) यस कालको कविताको भाषा वा त्यस समयको भाषा शैली बुझ्न कठिन थियो।  भक्तिकालीन कविताको विशेषताहरू :  १) जब मानिस कसैको भर पर्न सक्दैन त्यस समय भगवानको सरणमा पर्छ, यस कालको कविता लखन तव सुरु भयो जव नेपालको राजाको अङ्ग्रेज संग सुगौली संधी भएको थियो र यसैकारण त्यस समयका कविहरूले वीरपुरूषहरूले संधी गरेको देख्दा देवताको वा भगवानको स्तुति गर्न थाले।  २) यसै समयमा आएर ज्ञानदिलदास जस्ता कविहरूले समाजको कुसंस्कार र कुविचार माथि प्रश्न उठाउन थाले।  ३) यस समयको प्राए कविताहरुमा हाम...

नेपाली साहित्यमा हाइकु लेखन

  हाइकु : हाइकु जापानी कविताको एउटा परम्परागत प्रथा हो। नेपाली कविता साहित्यमा हाइकुलाई आगन्तुक छन्द पनि मानिन्छ। हाइकु लेखनमा बौध धर्मको अनि चिनिया ताओवादको दार्शनिक प्रभाव रहेको पाहिन्छ। कुनैपनि हाइकुमा मानवीय समवेदना, प्राकृतिक सौन्दर्यको वर्णन र कलात्मक अविव्यक्ति हुन आवश्यक मानिन्छ।  नेपाली साहित्यमा हेर्न पर्दा पहिलो हाइकु "शंखर लामिछाने" ले "सूर्योदय "   शिर्षकको रुप रेखामा लेखेको थिए। यसरी शंखर लामिछानेबाट सुरुभएको हाइकुलेखनलाई अन्य कविहरुले अघि बडाएको पाहिन्छ। उदाहरण स्वरुप जस्तै ससी भण्डारीको "सितको जुन", रेवती रमण खनालको "मान्छे भित्रको मान्छेको खोजी ", सुकुम शर्माको "लहरका फूलहरू" इत्यादि मुख्य हुन्।  भारतबाट हाइकु लेखन क्रममा धेरै कविहरुले कलम चलाएका छन् ती मध्ये मुख्य हुन् वि,पि मल्ल उनका लेखहरु यसप्रकार छन् "अभ्यास हरफहरुको ", " अक्षरा" ।  दिपेन्द्र आचार्यको "इक्षण" आदि महत्वपूर्ण छन् यसका अतिरिक्त अन्य पत्र पत्रिकामा हाइकु लेखन तर्फ कलम चलाइएको पनि देखिन्छ। संरचना :            नेपाली साहित्य...