कथाकार शिवकुमार राई
कथाकार शिवकुमार राईको जन्म पूर्व सिक्किमको पाक्योङ महकुमा अन्तर्गत रिनाक सहरमा २६ अप्रैल सन् १९१९, तदअनुसार वि, सं १९७६ वैसाख १७ गते शनिबारको दिन भएको थियो। शिवकुमार राईको पिताको नाम धोवीको राई अनि माताको नाम नरमाया दिवान (राई) थियो।
राईको प्रथम लिखित कथा "बासुरी" थियो जो"तरुण पत्रिका" (वर्ष १,अङ्क ४-५ सन् १९४१) सालमा छापिएको थियो। उनको प्रथम मुद्रित कथा "प्रकृति पुत्री" काठमाण्डौबाट निस्कने "शारदा" मासिक पत्रिकामा छापिएको थियो।
टी मेनन द्वारा सम्पादित "साथी" मासिक पत्रिका (वर्ष १,अङ्क ९-१०, सन् १९४९) मा प्रकासित "यमराजको समस्या" शीर्षकको नाटक नै उनको सर्वप्रथम प्रकासित नाटक रचना हो।
राईले उनको "खहरे" कथासंग्रहको निम्ति सन् १९७८ मा साहित्य अकादमी पुरस्कार प्राप्त गरे।
राईले अफ्नु कलमको माध्यमबाट नेपाली साहित्यमा एक अध्याय जोड्न सक्षम बने। उनि एक सफल कथाकार, नाटककार मात्र नभएर एक कर्मठ राजनेता पनि थिए।
टिप्पणियाँ
एक टिप्पणी भेजें