नेपाली साहित्यमा हाइकु लेखन

 हाइकु : हाइकु जापानी कविताको एउटा परम्परागत प्रथा हो। नेपाली कविता साहित्यमा हाइकुलाई आगन्तुक छन्द पनि मानिन्छ। हाइकु लेखनमा बौध धर्मको अनि चिनिया ताओवादको दार्शनिक प्रभाव रहेको पाहिन्छ। कुनैपनि हाइकुमा मानवीय समवेदना, प्राकृतिक सौन्दर्यको वर्णन र कलात्मक अविव्यक्ति हुन आवश्यक मानिन्छ। 

नेपाली साहित्यमा हेर्न पर्दा पहिलो हाइकु "शंखर लामिछाने" ले "सूर्योदय "  शिर्षकको रुप रेखामा लेखेको थिए। यसरी शंखर लामिछानेबाट सुरुभएको हाइकुलेखनलाई अन्य कविहरुले अघि बडाएको पाहिन्छ। उदाहरण स्वरुप जस्तै ससी भण्डारीको "सितको जुन", रेवती रमण खनालको "मान्छे भित्रको मान्छेको खोजी ", सुकुम शर्माको "लहरका फूलहरू" इत्यादि मुख्य हुन्। 

भारतबाट हाइकु लेखन क्रममा धेरै कविहरुले कलम चलाएका छन् ती मध्ये मुख्य हुन् वि,पि मल्ल उनका लेखहरु यसप्रकार छन् "अभ्यास हरफहरुको ", " अक्षरा" । 

दिपेन्द्र आचार्यको "इक्षण" आदि महत्वपूर्ण छन् यसका अतिरिक्त अन्य पत्र पत्रिकामा हाइकु लेखन तर्फ कलम चलाइएको पनि देखिन्छ।

संरचना : 

          नेपाली साहित्यमा हाइकु लेखन : 

हाइकु लेख्नका निम्ति कतिपय नियमहरु आवश्यक हुन्छन् जस्तै :-

१) कुनैपनि हाइकु १७ अक्षरबाट बनेको हुन्छ, ती अक्षरहरु लयका सन्दर्भमा ५/७/५ गरि तिन पद भागमा विभाजित गरिएको हुन्छ। 

२) प्रत्येक हाइकुमा एउटा ऋतु वाचक शब्द जसलाई किगो (कि+गो) पनि भनिन्छ, यसको प्रयोग गर्न अनिवार्य हुन्छ। 

३) कुनैपनि हाइकुमा प्रकृति र मानव जीवनका विभिन्न पक्षको सुक्ष्म अध्ययन गरिएको हुन्छ। 

४) प्रत्येक हाइकुमा प्रतिक र अडान हुन आवश्यक हुन्छ। यस्तो अडानलाई "किरेजी " भनिन्छ।

५) कुनैपनि हाइकुको विषय वस्तु प्रकृति र जीवनसित सम्बन्धित रहेको हुनपर्छ।

६) वर्तमान समयमा लेखिने हाइकुहरुमा व्यङ्ग्य र विरोधको भाव पनि पाहिन्छ। 

∆हाइकुका केही उदाहरणहरु :

"बाँसको मुना (५)     

टुप्पोमा सित पर्यो (७)          

फेदमा झर्यो। " (५) 


"वाह भारत (५) 

जता हेर्यो उतै नै (७) 

महाभारत। " (५) 

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

लक्ष्मीप्रसाद देवकोटा को परिचय

शब्दशक्ति

शोधको अर्थ, परिभाषा, स्वरुप र विशेषता