शोधको अर्थ, परिभाषा, स्वरुप र विशेषता

अर्थ:

 शोध भन्नाले साधारण भाषामा खोज्नु वा सोध्नु बुझिन्छ। शोधको शाब्दिक अर्थ शुद्ध गर्नु वा खोज्नु हो। प्राज्ञिक क्षेत्रमा यस्को अर्थ कुनै विषयमा गहण अध्ययनका साथ गरिने खोज हुन्छ। शोधका निम्ति अनुसन्धान, अन्वेषण, गवेषण आदि शब्दहरुको पनि प्रयोग गरिएको हामीले थुप्रै जग्गामा देख्न सक्छौ। 

शोधका परिभाषा:

शोध भनेको खोजी हो। कुनै क्षेत्र, विषय आदिमा सिमित रही नयाँ ज्ञान प्राप्ति हुने अभिप्रायले व्यवस्थित ढङ्गमा गरिने खोज कार्यलाई शोध भनिन्छ। यसप्रकारले शोधलाई सामान्य रुपमा परिभाषित गर्न सकिन्छ। तर यसको निश्चित परिभाषा, भने दिन सकिदैन। यसैले विभिन्न विद्वानहरुले दिएका परिभाषाहरु निम्न प्रकार प्रस्तुत गरि शोधको परिभाषा दिने प्रयत्न गरिएको छ। 

रेडमेन र मेरी :  "शोध नयाँ ज्ञान प्रप्तिका लागि गरिने गहण सुव्यवस्थित कार्य हो। " 

 जोन डब्ल्यू वेस्ट :  "बडी औपचारिक ज्यादै व्यवस्थित र गहण विश्लेषणको वैज्ञानिक विधि अङ्गालिने प्रक्रियालाई शोध भनिन्छ। "

 जे एच मेक्ग्रेथ :  "व्यक्ति एवं समाजलाई प्रोत्साहित गर्ने र सहायक हुने प्रभावकारी ढङ्गले समस्याको समाधान देखाउने र ज्ञानको अभिवृद्धि गर्ने तथा उपयोगी निश्कर्ष तर्फ डोह्रयाउने खोज पूर्ण क्रियालाई शोध भनिन्छ। 

 पी एम कुक :  " उद्धेश्य तथा समस्या संग सन्दर्भित तथ्य र अभिप्रायहरुको इमान्दारी, समझदारी र बौद्धिक ढङ्गले गरिने खोजी कार्य नै शोध हो।

 मोहनराज शर्मा र लुईटेल :  "समस्याको अधिकारिक, प्रामाणिक र प्रभावकारी समाधानको साथै ज्ञानको वृद्धिका लागि वैज्ञानिक विधिबाट गरिने व्यवस्थित, वस्तुनिष्ठ, तथ्परक र बौद्धिक, प्रज्ञिक अध्ययन वा कृयाकलापलाई शोध भनिन्छ। "

शोधको स्वरूप : 

क) शोध निश्चित, व्यवस्थित र वैज्ञानिक विधिमा आधरित हुन्छ।

ख) निश्चित समस्यालाई चिन्हित गरी समस्याको समाधान हेतु गहण अध्ययन, खोज गर्नु शोधको मौलिक चिन्हारी हो। 

ग) शोधमा अवेग कल्पना, अनुभूति र व्यक्तिगत असैद्धान्तिक चिन्तनहरुलाई पूर्ण रुपले निषेध गरिन्छ।

घ) संपरीक्षण र मुल्याङ्कन गरी नवीन सत्य र पुनः सत्यको खोजी गर्दै सत्यपान गर्नु शोधको विशेषता हो। 

 ङ) शोधले सामान्य नियम र सिद्धान्तको प्रतिपादन गरन सक्दछ भने परम्परित नियम र सिद्धान्तमा रहेको त्रुटिपूर्ण भ्रमको निराकरण गरी सुधारका साथ नयाँ ज्ञानको मार्ग बनाउँछ।

च) शोधबाट प्राप्त परिणामहरू अधिकारिक, वस्तुपरक, तथ्याङ्कनमा आधरित, प्रमाणिक, विश्वसनीय, विश्लेषित र अनुभविक हुने हुनाले ज्ञानवर्द्धक र उपयोगी हुन्छ। 

विशेषता: 

शोध एउटा विशिष्ट कृयाकलाप हो। यसका मुख्य विशेषताहरु निम्नलिखित छन्। 

  • समस्याको समाधान तर्फ उन्मुखता 
  • निश्चित अवलोकन र विश्लेषणात्मकता 
  • वस्तुपरकता र तार्किकता
  • निश्चित, वैद्य र विश्वसनीय विधिको प्रयोग 
  • नवीन ज्ञानको वृद्धि र विकास
  • सामान्य नियम तथा सिद्धान्तको प्रतिपादन
  • वैज्ञानिक, व्यवस्थित र सुनियोजित प्रकृया
  • परिक्षणीयता 
  • व्यक्तिगत र भावनात्मक पक्षको बहिष्कार
  • विश्लेषणमा आधरित सामान्यिकरण 
  • तथ्याङ्कनका आधारमा प्राक्कल्पनाको परीक्षण
  • अनुभविक, आधिकारिक, प्रमाणिक, सुव्यवस्थित र विश्वसनीय कार्य
  • उत्तरदायित्वपूर्ण लेखन

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

लक्ष्मीप्रसाद देवकोटा को परिचय

शब्दशक्ति