नेपाली समालोचना र समालोचनाको वर्गिकरण

 समालोचना नेपाली साहित्यको सबभन्दा नव साहित्यिक विधा हो। पाचाय साहियमा हुर्केको समालोचना लगभग दुई सताब्दी पश्चात नेपाली साहित्यमा आएको भनेर हामीले जान सक्छौ। 

साधारण रुपमा समालोचनालाई परिभाषित गर्न परेमा कुनै पनि सृजनात्मक साहित्य, कृति वा कृतिकारको गुण, दोष, विशेष्ता आदि केलाउने वा खुट्याउने प्रक्रियालाई समालोचना भनिन्छ। समालोचनाको मुख्य कार्य नै साहित्य वा साहित्यकार को गुण, दोष, विशेष्ता खुट्याउन हो। 

सृजनात्मक साहित्यले के कस्तो दिशा लिँदैछ र साथै यसको रुप कस्तो हुनुपर्छ भनेर समालोचनाले बताउने गर्छ। यसैकारण समालोचना साहित्यमा हेर्नपर्दा एक मार्गदर्शकको रुपमा देखापर्छ। सृजनात्मक साहित्य बिना समालोचना पोष्टिन सक्दैन र यसैकारण समालोचना सृजनात्मक साहित्यमा भर परिरहेको हुन्छ। 

वर्गिकरण: 

समालोचना सामान्य रुपमा साहित्यका सैद्धान्तिक पक्ष पनि सम्बन्धित हुन सक्छ र साहित्यिक कृतिका व्यवहारिक पक्ष सत पनि। यस किसिमले समालोचना मुलतः दुई प्रकारका हुन्छन् 

१) सैद्धान्तिक

२) व्यवहारिक

१) सैद्धान्तिक: सैद्धान्तिक समालोचनामा कृतिका वस्तु, रुप आदिलाई आधार बनाएर कृतिका व्यवहारिक समालोचना गर्नुको सट्टामा समालोचनाको मापदण्डको रुपमा सामान्य सिद्धातको निर्माण गरिन्छ र तिनका आधारमा कृतिको वस्तु रुप आदिलाई केलाउने एवं कृतिका विशेष्ताको निरुपण गर्ने प्रयास गरिन्छ। 

२) व्यवहारिक: व्यवहारिक समालोचनामा सौन्दर्यशास्त्रीय आधारलाई स्थापित सैद्धान्तिक मापदण्डलाई ध्यानमा राख्दै कृतिका रुप, वस्तु आदि कुनै वा सबै पक्षलाई केलाउने र यसै आधारमा कृतिको मुल्याङ्कन गर्ने गरिछ। 

 व्यवहारिक समालोचनाका  दुइ उपशाखा हुन्छन् ति हुन् 

१) निर्णयात्मक (२) प्रभावपरक 

निर्णयात्मक: निर्णयात्मक समालोचनामा समालोचकले केही निश्चित, नैतिक र साहित्यिक सिद्धान्तलाई ध्यानमा राखेर आफ्नो निर्णय दिने गर्छ। 

प्रभावपरक :  प्रभावपरक समालोचनामा समालोचक बाहुदा शास्त्रीय बन्धनमा नबाधिएर स्वन्त्र रुपमा समालोचना समालोचना गर्ने गर्छ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

लक्ष्मीप्रसाद देवकोटा को परिचय

शब्दशक्ति

शोधको अर्थ, परिभाषा, स्वरुप र विशेषता