नेपाली आनुवाद

 अनुवादको अर्थ र परिभाषा :

'अनुवाद' संस्कृत शब्द हो। 'बद्' धातुमा 'धञ्' प्रत्यय र 'अनु' उपसर्गको योगले 'अनुवाद' शब्दको वियुप्ति भएको हो। अनुवादको शाब्दिक अर्थ हो पुनरावृत्ति वा पुनवार्चना। 

यसबाहेक अनुवाद भन्नाले व्यख्या, उदाहरण वा समर्थनको उदेश्यले गरिने आवृत्ति ,पुर्वकथित कुराको उल्लेख अथवा व्याख्यात्मक आवृत्ति, पुर्वोक्त विधि , निर्देशको व्याख्या, चित्रण वा त्यस्को टिका टिप्पणी गरिएको ब्राह्मण ग्रन्थको भाग, समर्थन विवरण आदि पनि बुझिन्छ। अनुवादका निम्ति अङ्ग्रेजी भाषामा "ट्रान्सलेसन", अरबि भाषाको " तजुरमा " आदि प्रचलित छन्। 

यस्को पर्यायवाचिको रुपमा कतैकतै आगन्तुक शब्द "उल्थाको" पनि प्रयोग गरिएको भेटिन्छ। 

परिभाषा: 

अनुवादलाई पूर्वीय तथा पाश्चात्य दुवै दुवै थरिका विद्वानहरुले आआफ्नै प्रकारले परिभाषित गरेका छन्। ति मध्ये केही यहाँ प्रस्तुत गरिएको छ------

१) जे, सी क्याटफोड : "अनुवाद एउटा भाषा अर्थात स्रोत भाषामा भएको पाठगत सामाग्रीलाई लक्ष्य भाषामा भएको  समानार्थी पाठद्वारा प्रतिस्थापन गरिने कार्य हो " 

२) सेमुवेल जोन्सन:  "मुल पाठको भावलाई नबिगारिकन आर्को भाषामा बद्ली गर्नु नै अनुवाद हो" 

३) सुरेस कुमार : "एउटा भाषामा वञ्चित संदेशलाई आर्को भाषामा पुन: भन्नु नै अनुवाद हो " 

४) जी गोपिनाथन : " एउटा भाषामा लेखिएको वा भनिएको कुरोलाई आर्को भाषामा भन्नु नै अनुवाद हो " 

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

लक्ष्मीप्रसाद देवकोटा को परिचय

शब्दशक्ति

शोधको अर्थ, परिभाषा, स्वरुप र विशेषता