भानुभक्त आचार्य

(pic courtesy northeast today) 

नेपाली साहित्यमा सर्वमान्य आदिकविको रुपमा कवि भानुभक्त आचार्यलाई चिनिने गरिन्छ। भानुभक्त आचार्यको जन्म पिता धनांन्जय आचार्यको घरमा १३ जुलाई १८१४ मा नेपालको तनहु जिल्ला अन्तर्गत पर्ने चुम्दी रम्धा नामक गाँउमा भएको थियो। उनले प्रथमिक संस्कृत सिक्षा आफ्ने हजुरबाको छत्रछाँयामा घरमा नै प्राप्त गरे भने पछाडी बनारसमा पनि उनले अध्ययन गरे।
नेपाली साहित्यलाई बनावट दिनमा भानुभक्त आचार्यको ठुलो भुमिका रहेको छ।रामायण को नेपाली अनुवाद उनको उत्कृष्ट कार्य मध्ये एक हो। यसैबिच प्रश्न उठ्छ किन भानुभक्त आचार्यलाई आदिकविको उपदी नेपाली साहित्यमा दिइयो? 
उन्लाई आदिकवि किन भनिन्छ? उनि भन्दा अगाडी पनि त कविहरु थिए।
भानुभक्त आचार्यलाई किन आदिकवि भनिन्छ भन्दा उनी नेपाली भाषामै कविता लेख्ने पहिलो व्यक्ति थिए। जतिपनि उनीभन्दा अगाडिका कविहरु थिए उनिहरुले आफ्नौ मौलिक भाषामा नै कविता लेख्ने गर्थे र भानुभक्त मात्र यस्तो कवि थिए जस्ले सरल र सहज नेपाली भाषामा कविता लेखेर मानिसहरू माझ राख्थे। उन्को कविताहरुको रसपान श्रवण र पठ्य दुवै तरिकाले गर्न सकिन्छ।
उन्को कविताहरु अन्तमा मोतिराम भट्टद्वारा प्रकासित गरियो। 
१८६८ मा भानुभक्त आचार्यले आफ्नु अन्तिम सास फेरे। 
आज पनि विश्वभरि फैलिएका नेपाली मानिसहरुले उन्को जन्मदिनलाई भानु जयन्ती को रुपमा मनाउने गर्छन्। 



टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

लक्ष्मीप्रसाद देवकोटा को परिचय

शब्दशक्ति

शोधको अर्थ, परिभाषा, स्वरुप र विशेषता