गीतकार माधव प्रसाद घिमिरे
नेपाली गीतको क्षेत्रमा उत्कृष्ट गीतकारका रुपमा माधव प्रसाद घिमिरे परिचित छन्। वि.सं २००२ सालबाट उनले आफ्ना गीतहरू प्रकाशित गरेको पाइन्छ। उनका २००२ सालदेखि २०२९ सम्म लेखिएका गीतहरू २०३३ सालमा प्रकाशित "किन्नरकिन्नरी" गीतिसङ्ग्रहमा सङ्कलन गरिएको पाइन्छ। उनको यस सङ्ग्रहमा १४० वटा गीतहरू सङ्कलन गरिएको छ।
घिमिरेका गीतका विशेष्ता :
उनले देशभक्ति,शृङ्गार, मानवतावाद, भक्ति, प्रकृतिप्रेमलाई मूल कथ्य बनाएर आफ्ना गीतहरू लेखेका छन्।
उनले मायाको शिष्ट रूपलाई आफ्ना केही गीतहरूमा प्रस्तुत गरेका छन्।
उनका गीतमा मानसिक द्वन्द्वको सुन्दर चित्रण पाइन्छ।
उनका गीतमा आत्मरतिको पनि प्रयोग भएको पाइन्छ।
घिमिरेले गीतलेखनका सन्दर्भमा प्रकृतिका विभिन्न वस्तुहरूका साथै लोककथा तथा पुराणहरूबाट पनि बिम्बहरू टिपेका छन्।
घिमिरेले १४ देखि १६ अक्षरमा आधारित लोकलयलाई धेरै गीतहरू रचना गरेको पाइन्छ।
लोकलयलाई आधार बनाएर आफ्ना गीतमा नयाँ लयको सिर्जना गरेको पाइन्छ।
टिप्पणियाँ
एक टिप्पणी भेजें