समालोचक रामनारायण प्रधान
समालोचक रामनारायण प्रधानको जन्म सन् १९२७ मा दार्जिलिङमा भएको थियो। उनका समालोचनाहरू पढ्दा उनी आफ्ना पूर्ववर्ती समालोचक रामकृष्ण शर्मा ,इन्द्र बहादुर राई आदिबाट प्रेरित, प्रभावित देखिन्छन् तर उनका समालोचनाहरू उनीहरूभन्दा भिन्दै किसिमको मानदण्ड एवम् धारणामा गरेको पाइन्छ।
उनी आफ्ना समालोचनामा कुनै कृतिको व्याख्या विवेचना गर्न अघि त्यस कृतिका कृतिबारे परिचय नदिई तथा उनीहरूको गुणगान नगरी कृतिको चर्चा गर्न सक्दैनन्।
तुलनात्मक समालोचना पद्धतिलाई आत्मसात गरी प्रधान "भानुभक्तमा वसन्त शर्मा झै भावको श्लीलता पाउँछन् भने शैलीका आधारमा साँढीको खस्रो बनौट र भानुभक्तमा मलमलको मसृणता पाँउछन्।"
प्रायः जसो समालोचनामा प्रधानले एउटा कृतिसँग अर्को कृति दाँजेर हारेको पाइन्छ --- जस्तै , कालिदासको 'ऋतुसंहार'- सँग लेखनाथको 'ऋतुविचार'। यस कारण उनलाई तुलनात्मक समालोचक भन्न सकिन्छ। उनका समालोचनात्मक कृतिहरूको अध्ययन गर्दा उनले प्रभावपरक व्याख्यात्मक समालोचना पद्धतिको पनि प्रयोग गरेको देखिन्छ। व्याख्यात्मक र तुलनात्मक समालोचना पद्धतिको राम्रो प्रयोग उनको 'चिसो चुह्लो' र 'तरुण तपसी' विषयक लेखहरूमा भएको छ।
'मुनामदन' सम्बन्धि वासुदेव त्रिपाठी,ईश्वर बराल, वामदेव पहाडीका विचारहरूलाई समेटेर यस खण्डकाव्यमा भएको कथावस्तुलाई कारुणिक भन्दै निर्णयात्मक समालोचना सिद्धान्तको पनि प्रयोग गरेको पाइन्छ।
मनोविश्लेषणात्मक पद्धतिलाई अप्नाएर एन्टन चेखवको 'मामावान्या' नाटक साथै 'पल्लो घरको झ्याल' र 'अनुराधा' उपन्यासको विश्लेषण पनि गरेका छन् ।'आज रमिता छ ' उपन्यासलाई समाजशास्त्रीय दृष्टिकोणबाट अध्ययन गरी उनले समाजशास्त्रीय पद्धतिको पनि प्रयोग गरेका छन्।
कवि,लेखकहरूका कृतिहरूबाट आफ्नु कृतिहरूको नामकरण गर्नु उनको एक छुट्टै समालोचकीय विशेषता हो। उपन्यास बाहेक अन्य कुनै विधाको समालोचना गर्दा पहिले कृतिकारको पुर्ण प्रशंसा गरी कृतिको समालोचना गर्नु प्रधानको मौलिक प्रवृत्ति हो।
टिप्पणियाँ
एक टिप्पणी भेजें